नेपाली राजदुताबास जापानलाई नेपाली चेलीको पत्र

३१ चैत्र २०७३
banner

हराएको ८ बर्ष पछिपनि किन केही पत्ता लागेन सविनाको ? 

सम्माननीय राजदूत ज्यु,

सर्बप्रथम म जापानवासी नेपाली चेली ईन्दु गौतमको हजुरलाई स-सम्मान नमस्कार ।

हजुर जापानवासी सम्पुर्ण नेपालीको अभिभावक र हाम्रो ख़्याल राख्ने जीम्मेवारी पनि हजुरको । मेरो मनमा उठेका केही प्रश्नहरुको उत्तर पनि हजुरबाट नै पाउछु भन्ने विश्वाशको साथ यो पत्र सम्पुर्ण जापानवासी नेपालीको तर्फ बाट लेख्दैछु।

केही महीना पहीले मैले एउटा समाचार सुनेकी थिए - "जापानमा अध्ययनको लागी आएकी सविना महर्जन धेरै बर्ष देखी लापत्ता" भनेर। तर यहीलेसम्म पनि उनको अवस्था बारे अनभिज्ञ भएको कारणले गर्दा यो पत्र लेख्न बाध्य भएकी छु । उनको खोजी के कसरी चल्दैछ ? यसको पहल कस्तो चल्दैछ ? खोजी कहाँ सम्म पुग्दैछ ? पत्ता लागीसक्यो या छैन ? लागीसक्यो भने उनी जीवीत छीन या छैनन् ? छीन भने कहा कुन अबस्थामा छीन ? र के कारण ले लापत्ता हुन पुगीन ? यदी जीवीत छैनीन भने स्कुल गैरहेकी सबीनाको कसरी मृत्यु हुन पुग्यो ? आत्महत्या, हत्या अथवा कालगतीले भएको हो ? आत्म हत्या भएको हो भने के कारणले गर्न पुगीन् ? हत्या भएको हो भने यसमा कस्को हात छ र कीन भो अनी यसको कार्रवाई के कसरी हुदैछ ? काल गतीले हुन गएको हो भने कसरी भो ? अथवा खोजीनै भएको छैन भने के कारणले हुन सकेको छैन ?

हामी सम्पुर्ण जापानवासी नेपालीका साथ-साथै आफ्नो देश, परिवार संग बिछोडिएर बिदेशिएका सम्पुर्ण नेपालीजनले यस प्रश्नको उत्तर चाहेका छन । जसले गर्दा आउदो दिनमा अरु सविनाहरु लापत्ता हुन नपरोस, फेरी अरु अभिभावकले आफ्नो छोराछोरी गुमाउन नपरोस्, राष्ट्रले अरु देशभक्त गुमाउन नपरोस् । आफ्नो सन्तानको सुनौँलो भविस्य देखेर प्रशस्त पैसा खर्च गरेर जापान पठाएकी आफ्नी छोरी एक्कासी लापत्ता हुँदा त्यी अभिभावकको मनमा के बितिरहेको होला ? हामी त्यही ठाँउमा आफ्नो सन्तान अथवा आफ्नो परीवारलाई राखेर हेर्यौँ भने मात्र महसुस गर्न सक्छौँ त्यसको पीडा कस्तो हुन्छ भनेर । यो एउटा परीवारको मात्र पीडा नभएर सम्पुर्ण नेपालीको पीडा हो, पुरा राष्ट्रको पीडा जो आफ्नो नेपाली चेली बिदेशि भुमीमा लापत्ता हुन परेको छ ।जापान जस्तो प्राबधिक सम्पन्न भएको देस भएर पनि हराएको मान्छेको कुनै कुरा पत्ता लगाउन सकीदैन भने अरु के कुरामा आसा राख्न सक्छौँ होला र ? सविनाको छानबिनको लागी हामी नेपाली समुदायले गर्न पर्ने सहयोग मन लगाएर गर्नेछौँ तर तथ्य रुपमा खोजी हुनुपर्यो र सम्पुर्ण विवरण बाहिर निस्कनु पर्यो भन्ने मेरो धारणा छ।

पत्रमा कुनै त्रुटी भएमा क्षमा प्रार्थी छु । हजुरको उत्तर पाउने आशा राख्दै यो पत्र टुङगाउने अनुमति माग्छु।

धन्यबाद, 
उही नेपालकी छोरी ईन्दु गौतम लम्साल
(हाल जापान)
 

ताजा भिडियो

जाँदा जाँदै गोकर्ण विष्टको भावुक सन्देश

प्रधानमन्त्रले गराए नवनयुक्त राज्यमन्त्रीहरुलाई शपथ ग्रहण |

नेकपाको अधिनायकवादी आकांक्षा पुरा हुँदैन : प्रवक्ता शर्मा

प्रधानमन्त्रीको नवनियुक्त प्रेस सल्लाहकार के भन्छन् ? | Surya Thapa | Press Meet