चुलबुले २ वर्षीय बालक विमानस्थलको लगेज बेल्टमा पसेपछि... (भिडियो)

१६ श्रावण २०७६
banner

एजेन्सी । अमेरिकामा एक जना बालक विमानस्थलको लगेज बेल्टमा पसेको भिडियो यतिबेला बाहिर आएको छ। उक्त भिडियोमा देखिए अनुसार २ वर्षका बालक सामान जाँच गर्ने लगेज बेल्टबाट भित्र पसेका छन् । 

अमेरिकाको एट्लान्टा विमानस्थलमा एउटी महिला आफ्नो सानो छोरा लिएर गएकी थिइन्। आमा बोर्डिङ पास बनाउन लाग्दा ती बालक विमानस्थलको लगेज पठाउने ठाउँतिर पुगे। तर उनको आमाले त्यो कुरा थाहा पाइनन् । पास बनाइसकेपछि उनले छोरा खोजिन् तर त्यतिबेलासम्म उनको छोरा बेल्टबाट भित्र पसिसकेका थिए ।

ति बालक छिरेको स्थानमा त्यतिबेला अरु कर्मचारी थिएनन् । अन्तिममा उनी लगेज खस्ने स्थानबाट झरे ।  उनलाई तत्काल सुरक्षाका लागि खटिएका कर्मचारीले बाहिर निकाले । ती बालकको एउटा हात भाँचिएको बताइएको छ।  । घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

ताजा भिडियो

भारतले नेपाली भूमी मिचेकै हो : प्रचण्ड | Puspa Kamal Dahal | Kalapani |

शिक्षा मन्त्रीको चेतावनी : सरकारको निर्णय नमान्ने मेडिकल कलेजलाई कारवाही गर्ने ||

चक्रपथ विस्तार : जोखिमपूर्ण रुख कटान

पशुपतीनाथमा हरिबोधनी एकादशीको रौनक