तीज जात्रा (कविता)

१३ श्रावण २०७६
banner

अर्जुन राज पन्त

लुतो फाल्न पाको छैन तीज पो शुरु भयो
हेरेनन् कि क्यालेन्डर कि, चाँड पो आघी गयो

जन्मास्टमी आएसंगै तीज पो लाउथ्यो पहिले
यति चाँडै आउन थाल्यो के भएर अहिले

जन्मेकी खै अर्का कृष्ण असारैमा फेरि
मनायौ कि तीजलाई फेरि त्यहि तिथिलाइ हेरी

टोल छिमेकमा पार्टी चले गीत नि गाइसके 
फेसबुक र मिडियामा तिनै छाइ सके 

असारे गीत सुन्ने याममा शुन्छु तीजका गीत
उल्टियो कि कोल्टो पर्यो चाँडबाडको रीत

बिराला र पिराला रे गीत नि कस्ता कस्ता
क्यारी होला सुन्नी हेर्नी परिवारमा बस्दा।

उमेर हदको सिमा तोक तीजका गीतमा पनि
बयस्कले मात्र हेर्नु तीजको यो गीत भनि।

सस्कृति कि बिकृति हो चिन्न गार्हो आज
पहिरन पनि उस्तै अझै छैन सरम लाज

काँहा गए तने चोली कठै आज भोलि
औतारी त्यो टालो लाछन् पिठ्यु पुरै खोलि

त्यत्रो छाती ढाक्न कठै चार अंगुलको टालो
बाक्लो हो र त्यहि नि अझ माकुराको जालो

तीजका पार्टी कति कति खाने चिज नि अति
माशु माथि मदिरा छ पिउन सके जति

तीजको दरमा आज कठै आयो मासु जाँड
तीज हो कि हो यो कतै गहनाको चाँड

खुवाउन भनि जानै पर्ने चेलीबेटी लिन
आज आयो अर्को घाँडो तिन्लाइ पुय्राई दिन

मदिरामा लट्ठीएका लड्लान कतै भनि
घरै लगी बुझाउ तिन्लाइ अर्को जिम्मा पनि

गहनाको प्रदर्शनी धाकको प्रतिश्पर्धा
आफ्नै ज्यानलाई जोखिममा पारी चोरलाई निम्ता गर्दा

काँहा जाँदो हो बुद्दि विवेक पढेकै को पनि
तीज लाएसि  मेसै पाउनन्न  के ले अन्धो बनि

के आनन्द दिन्छ त्यसले के नै राम्रो पार्छ
लुटेराले लुट्न त्यहि ज्यानै पनि मार्छ

सजिला नि हुन् र अझ गहना नि कस्ता
तीखा चुच्चा उम्रिएका बनका काँडा जस्ता  

पिठ्यु ढोक्ने टालो छैन छड्के पोते क्यार्नि
घुडासम्मै लत्रिएको क्यारी होला स्यार्नी

कुन मन्तरको जन्तर हो त्यो लायौ तिम्ले अनि
त्यो लाएसी छुट पाइन्छ कि जे गरेनी भनि

झुम्का पनि अचम्मैका रामलीलाका अरे
तिम्रो लिला देखेर कि राम नि दङ्ग परे

ताजा भिडियो

गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि प्रतिपक्षी सांसदले गरे संसद बैठक नै अबरुद्ध ।

बाँके घटनाका विषयमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ । Samsad Baithak |

फितलो ब्यवस्थापनले सन्नीलाई हलसम्म पुग्न सकस । Sunny Leone | Nepali Movie Passport |

ब्रिटिस मान्यताको डिग्री नेपालकै कलेजबाट (कलेज परिचयसहित) | ISMT College|