नागढुङ्गाबाट १ केजी सुनसहित पेम्वा दिण्डुप तामाङ पक्राउ

१६ श्रावण २०७६
banner

काठमाडौं। प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लुकाई छिपाई ल्याएको १ केजी सुनसहित
एक जनालाई पक्राउ गरेको छ।

रसुवा गोसाईकुण्ड गाउँपालिका–५ घर भएका ३२ वर्षीय पेम्वा दिण्डुप तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट संयुक्त रुपमा खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा।९ प २७२६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त सुन फेला पारिएको हो।

प्रहरीका अनुसार चालक तामाङले कम्मरमा ४ वटा
टुक्रामा सुन लुकाएर राखेका थिए। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ताजा भिडियो

Kalanki-Nagdhunga Road l ट्रेलर । Trailer l

विद्यार्थिहरुको आकर्षणको केन्द्र बन्दै समृद्धि कलेज |Samriddhi College |

प्रधानमन्त्री ओलीको भाषण चल्दै गर्दा टुडिखेलको गेट बाहिर हामीले जे देख्यौं..। National Day l Nepal l

बाेलेकै बुझिएन...देउवालाई राष्ट्रपति भण्डारीकाे कडा व्यंग्य | Sher Bahadur Deuba |