बायर्नलाई हराउँदै टोटेनहमले जित्यो औडी कप

१६ श्रावण २०७६
banner

एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमले औडी कपको उपाधि उचालेको छ । बुधबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै टोटेनहमले उपाधि उचालेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । खेलको १९ औं मिनेटमा ईरिक लामेलाको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । ५९ औं मिनेटमा क्रिस्टियन एरिक्सनले टोटेनहमको अग्रता दोब्बर पारे । 

६१ औ मिनेटमा जान फिएद अर्पले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने कोशिश गरे । ८१ औ मिनेटमा अल्फान्सो डेविसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पेनाल्टी सुटआउटमा बायर्नलाई ६–५ ले पराजित गर्दै टोटेनहमले उपाधि जित्न सफल भएको हो। 
 

ताजा भिडियो

दशरथ रंगशालाको मुहार फेरिँदै | Dashrath Stadium | New Update

तराई मधेसमा कालापानी र लिपुलेकको बिषयमा भारत बिरुद्ध बिरोध प्रदर्शन !

अचानक हृदयघात भएमा विरामीको ज्यान कसरी जोगाउने ? | Heart Attack | Cure

पत्रकार शिवाकोटीलाई १ लाख राशिको इन्जा साहासी पत्रकारीता पुरस्कार | Ajay Babu Shiwakoti | Honoured