नेपाली ब्याण्डसंगको सहकार्यमा भारतीय गायक कैलाश खेरले गाए ‘भक्तिका चन्दन’

२ श्रावण २०७६
banner

काठमाडौं । भारतीय चर्चित गायक कैलाश खेरले नेपालको ‘सत्याकृत ब्याण्ड’सँगको सहकार्यमा ‘भक्तिका चन्दन’ बोलको हिन्दी गीत गाएका छन् । सुर साधुको शब्द तथा संगीतमा तयार गरिएको गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् ।

हालै उदीतनारायण झासंग ‘होशमा बेहोसी’ रिलिज गरेको सत्याकृतले गुरु पूर्णिमाको अवसर पारेर यो गीत सार्वजनिक गरेको हो ।

गीतको रेकर्डिङ मुम्बईको प्रशिद्ध रेकर्डिङ स्टुडियो ‘कैलाशा स्टुडियो’मा गरिएको थियो भने यसको मिक्सिङ मास्टरिङ बलिउडका प्रख्यात साउण्ड ईन्जिनियर आमिर शेखले गरेका हुन् ।

सत्याकृत ब्याण्ड नेपालमा आफ्नै छुट्टै विशेषता बोकेको संगीतलाई लिएर प्रख्यात छ । यो ब्याण्डले सत्य प्रेम एवम् शान्तिको भाव बोकेको गीत संगीत सिर्जना गर्दै आईरहेको छ ।

ताजा भिडियो

Kalanki-Nagdhunga Road l ट्रेलर । Trailer l

विद्यार्थिहरुको आकर्षणको केन्द्र बन्दै समृद्धि कलेज |Samriddhi College |

प्रधानमन्त्री ओलीको भाषण चल्दै गर्दा टुडिखेलको गेट बाहिर हामीले जे देख्यौं..। National Day l Nepal l

बाेलेकै बुझिएन...देउवालाई राष्ट्रपति भण्डारीकाे कडा व्यंग्य | Sher Bahadur Deuba |