कारसँग ठोक्किएर त्रिशुलीमा खसेको कन्टेनरका चालक मृत फेला

१६ श्रावण २०७६
banner

तस्बिर : सशस्त्र प्रहरी बल

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर चालकको ज्यान गएको छ।

चितवनको इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा बुधबार भएको दुर्घटनामा परी कन्टेनर नदीमा खस्दा वीरगञ्ज घर भएका चालक ३६ वर्षीय कम्लेश साह बेपत्ता भएका थिए।  बिहीबार बिहान साहको शव नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। गम्भीर घाईते भएका सहचालक २० वर्षीय अजय साहको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ। 

बुधबार साँझ नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा २१ च ११३३ नं को कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३९३९ नं को खाली कन्टेनरले ठक्कर दिँदा कन्टेनर अनियन्त्रित भई कन्टेनर अनियन्त्रित भई  त्रिशूलीमा खसेको थियो ।  

हाल कार र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

ताजा भिडियो

विवादास्पद स्वास्थ्य सामग्री खरिदको विषय वेमौसमी बाजा हो : प्रधानमन्त्री

संकटलाई अवसरमा रुपान्तरण गर्दै यातायातमन्त्री |

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |