क्रेनमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

१५ श्रावण २०७६
banner

सांकेतिक तस्बिर

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा गए राति भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१क २४१७ नंको क्रेनमा सोही दिशाबाट आउँदै गरेको स२प १८९९ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक लहान नगरपालिका–१२ निवासी २३ वर्षीय सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले जनाएको छ। रासस

ताजा भिडियो

गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि प्रतिपक्षी सांसदले गरे संसद बैठक नै अबरुद्ध ।

बाँके घटनाका विषयमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ । Samsad Baithak |

फितलो ब्यवस्थापनले सन्नीलाई हलसम्म पुग्न सकस । Sunny Leone | Nepali Movie Passport |

ब्रिटिस मान्यताको डिग्री नेपालकै कलेजबाट (कलेज परिचयसहित) | ISMT College|