जब एक प्रेमीले पूर्व प्रेमिकाको हत्या गरी अंगहरु पकाए...

१३ श्रावण २०७६
banner

एजेन्सी। अमेरिकामा पूर्व प्रेमिकाको हत्या आरोपमा एक जनालाई पक्राउ गरिएको छ।

३८ वर्षीय जोसेफ ओबरह्यान्स्ली नाम गरेका व्यक्तिले घरको ढोका फोडेर ४६ वर्षीया प्रेमिका ट्यामी जो ब्लान्टनको हत्या गरेका हुन्।

तर सबैलाई चकित पार्ने कुरा के छ भने अमेरिकाको इन्डियाना कोर्टमा जोसेफले प्रेमिकाको हत्यासँगै उनको टाउको साथै शरीरका अन्य अंगलाई समेत पकाएर खाएको घट्ना खुल्न आएको छ।

प्रेमीका ट्यामीको शरीर २०१४ सेप्टेम्बरमा टुक्राटुक्रा भएको अवस्थामा फेला पारिएको थियो।

विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यममा उल्लेख गरिएअनुसार जोसेफले आफ्नो गल्ती स्वीकार गरेपनि पछि कोर्टमा आफू निर्दोष भएको र आफूले बताएको सबै कुरा झुटो भएको बताएका छन्।

 

 

ताजा भिडियो

Kalanki-Nagdhunga Road l ट्रेलर । Trailer l

विद्यार्थिहरुको आकर्षणको केन्द्र बन्दै समृद्धि कलेज |Samriddhi College |

प्रधानमन्त्री ओलीको भाषण चल्दै गर्दा टुडिखेलको गेट बाहिर हामीले जे देख्यौं..। National Day l Nepal l

बाेलेकै बुझिएन...देउवालाई राष्ट्रपति भण्डारीकाे कडा व्यंग्य | Sher Bahadur Deuba |