लघुकथा- दलाल

८ चैत्र २०७५
banner

बालकृष्ण गजुरेल

रामु काका गाउँकै भद्र ब्यक्ति । भद्रताको नमुना । मानबको जीवित पात्र । कालखण्डको साक्षी । नचिन्ने कमै होलान् काकालाई । आफुले सकेजति काम आफैँ गर्नुपर्छ भन्ने उनको हठ थियो ।

जसको कारण बिबेकी र इमान्दार बनायो । आफ्नो र परिवारको आवस्यकता मात्र टारेर पुग्दैन । अरुको लागि पनि कमाउनु पर्छ र खर्च गर्नुपर्छ । अनि मात्र खुशी मिल्छ भन्ने उनको बिचार । त्यसैले त , खुशी छन् । बुढेस कालमा पनि स्वच्छ छन् माली गाइको दूध दोएर आधा आफु खान्छन् । आधा बजारमा बेच्छन् ।

'होइन काका , यति बिहानै कता ?' रामेशले चिया पसलबाट हात हल्लाएर सोध्यो । ू देखिनस् बाबू रु दूध लिएर पसल आएको निरु 'रामु काकाले थपे । 'ल यता बसम्' रामेशले बस्न आग्रह गर्यो । अरु राजनिती पार्टीका कार्यकर्ता थपिए । चिया पसलेले सोध्यो ( 'होइन बिप्लपसँग भिडन्त भयो रे  भन्छन् । फेरि देशमा रक्तपात हुने भो । 'सबैले अनुमान सुनाए । कसैले आतंक मच्चाउनेलाई ठिक भो भने । विपक्षकाले यो सरकारको नराम्रो काम भने ।

 तराइको शिक्षक रामलालले रामु काकालाई सोधे- 'हुजुर तपाईं भनिहाल्नुुस् यो कसरी भयोरु' रामु काकाले बिस्तृतमा भने ( हेर भाइ ,२००४ सालमा राणा शासनको अन्त्य भो । प्रजातन्त्र आयो देशमा । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको नाममा बिदेशी हस्तक्षप बढ्यो भने । शाषण हातमा लिए ।

२०३६ सालमा पञ्चायती शाषण शुरु भो । २०४६ पछि  बहुदलिय प्रजातन्त्र आयो । २०६२ मा लोकतन्त्र आयो । राजा हटे । अहिले गणतन्त्र छ । जुन शाषण आएपनि द्वन्द जस्ताको तस्तै छ । जनताले अनुभव गरेका छैनन् किनरु 'उनले प्रश्न गरे । रामेशले कुरो बुझ्यो ।  नेता बिदेशी दलाल बनेर । बिदेशीले देशमा खेल्न पाएर केही परिवर्तन हुन पाएन । द्वन्द जस्ताको तस्तै ।

ताजा भिडियो

गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि प्रतिपक्षी सांसदले गरे संसद बैठक नै अबरुद्ध ।

बाँके घटनाका विषयमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ । Samsad Baithak |

फितलो ब्यवस्थापनले सन्नीलाई हलसम्म पुग्न सकस । Sunny Leone | Nepali Movie Passport |

ब्रिटिस मान्यताको डिग्री नेपालकै कलेजबाट (कलेज परिचयसहित) | ISMT College|