फेसएप निर्माताको दावी, ‘कुनै सुरक्षा खतरा छैन’

२ श्रावण २०७६
banner

काठमाडौं। नेपाललगायत विश्वभर भाइरल भएको एक एप फेसएप प्रयोगकर्ताहरुको सूचना चोरी हुने खबरहरु आइरहेका बेला सो एप निर्माता कम्पनी वायरलेस ल्याबले भने त्यस्तो कुनै जोखिम नरहेको बताएको छ । 

रसियन कम्पनीको पिटसबर्गस्थित कार्यालयले यो एप प्रयोग गर्नेहरुको कुनै पनि सूचना नलिइएको दावी गरेको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार कम्पनीले प्रयोगकर्ताका तस्वीरहरु स्थायी रुपले स्टोरसमेत गरिएको छैन र अन्य निजी सूचनामा पहुँच पनि राखिएको छैन । साथै प्रयोगकर्ताले छनोट गरेको तस्वीरमात्र एडिट गरिएको छ । 

तन्नेरी अवस्थाको तस्वीरलाई बुडेउलीमा परिवर्तन गर्नेलगायतका विभिन्न सुविधा रहेको यो एप पछिल्ला केही दिनयता विश्वभर भाइरल भइरहेको छ । एप निर्माता कमपनी वायरलेस ल्याबले हाल आफ्ना ८ करोड प्रयोगकर्तामात्र भएको जनाएको बीबीसीले उल्लेख गरेको छ । 

अमेरिकीहरुले भने यो एपका कारण प्रयोगकर्ताका सूचनाहरु चोरी भएको र अन्य प्रयोजनका लागि उपयोग हुन सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् । एकजना अमेरिकी सिनेटरले यो विषयमा छानविन गर्न अमेरिकी संघीय जाँच ब्यूरोलाई आग्रहसमेत गरेका छन् । तर, फ्रान्सेली विज्ञहरुले भने यो एपबाट कुनै खतरा नरहेको दाबी गरेका छन् । अमेरिकीहरुले भने ज भए पनि यो एप प्रयोग गर्नुभन्दा नगरेकै राम्रो भनेर तर्क गरेका छन्। 

अमेरिकीले यो एपबारे विवाद गर्नु रुससँगको सम्बन्ध पनि एक कारण रहेको बताइन्छ । रुस र अमेरिकाबीच तनावपूर्ण सम्बन्ध रहेकाले अमेरिकीहरु रुसप्रति अनुदार छन् । हालै टर्की रुसी प्रतिरक्षा प्रणाली एस–४०० खरिद गरेपछि पाँचौ जेनेरेशनका लडाकु विमान एफ–३५ टर्कीलाई नबेच्ने निर्णय गरेको थियो । 

ताजा भिडियो

गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि प्रतिपक्षी सांसदले गरे संसद बैठक नै अबरुद्ध ।

बाँके घटनाका विषयमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ । Samsad Baithak |

फितलो ब्यवस्थापनले सन्नीलाई हलसम्म पुग्न सकस । Sunny Leone | Nepali Movie Passport |

ब्रिटिस मान्यताको डिग्री नेपालकै कलेजबाट (कलेज परिचयसहित) | ISMT College|