धनुषामा गाडी र टेम्पो ठोकिँदा टेम्पोमा सवार ४ जनाको मृत्यु

१३ श्रावण २०७६
banner

धनुषा । क्षिरेश्वर नगरपालिका ४ पलाई फ्याकट्रिस्थित सडकमा ना.१ ज ७०२२ नम्बरको गाडी र ज.१ ह ४८९६ नम्बरको टेम्पो आइतबार साँझ एकआपसमा ठक्कर खाँदा टेम्पोमा सवार ४ जनाको ज्यान गएको छ।

मृत्यु हुनेहरुमा क्षिरेश्वर नगरपालिका ४ बस्ने ७२ वर्षीय रामदेव साह, सिराहा बस्ने ४० वर्षीया रेखा यादव, टेम्पो चालक क्षिरेश्वर नगरपालिका ४ कुमरौल बस्ने २४ वर्षीय रोशन साह र सोही नगरपालिका हंसपुर मल्हनिया बस्ने २२ वर्षीय संजय साह रहेका छन्। 

उनीहरुमध्ये रामदेव र रेखाको घटनास्थालमै तथा गम्भीर घाइते भएका रोशनको मेडिकल कलेज रमदैया र संजय साहको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। टेम्पोलाई ठक्करदिने सवारी चालक भने फरार छन्। हाल चालकको खोजी र दुर्घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।  

ताजा भिडियो

गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि प्रतिपक्षी सांसदले गरे संसद बैठक नै अबरुद्ध ।

बाँके घटनाका विषयमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ । Samsad Baithak |

फितलो ब्यवस्थापनले सन्नीलाई हलसम्म पुग्न सकस । Sunny Leone | Nepali Movie Passport |

ब्रिटिस मान्यताको डिग्री नेपालकै कलेजबाट (कलेज परिचयसहित) | ISMT College|