गजल - "मातृ देवो भव:" - मोहन खतिवडा

२२ बैशाख २०७६
banner

हिँन्दू परम्परा अनुसार शनिबार मातातिर्थ औँशी आमाको मुख हेर्ने दिन । तर नेपाली राजनीति अस्थिरताले गर्दा आज सारा नेपाली छोराहरु आमाको न्यानो वात्सल्य काख छोडेर पराई भूमिमा गई आफ्ना केहि सपनाहरु अनि त्यसै माथि थपिने थप सपनाहरु साकारको मिठो सपनामा बरालिँदै बिभिन्न चाँडबाड, दशैँ तिहार, जस्ता महान पर्वमा पनि परिवेश र परिस्थितिले पारिवारिक जमघट हुन नपाँउने यि र यस्तै सम्झनाहरु मनभित्र पिल्सिने हुँदा तिनै सम्झनाहरुलाई यसैगरि सामाजिक संजालको माध्यमबाट परिवारसामु पुर्याउने कोसिस गरिरहन्छन्। 

आजको यो महान् दिनमा पनि सम्पूर्ण आमाहरुलाई नमन गर्दै सन्देश सबैको परिवारमा पुगोस् कामना सहित् आमाको महिमा अनि छोराको प्रण यहि गजल मार्फत् सम्पूर्ण नेपाली आमाहरुमा समर्पण गरेँ ।

गजल : मातृ देवो भव: !

तिम्रो वात्सल्यतालाई भुल्ने छैन आमा 
तिमी बाहेक अन्तै मन डुल्ने छैन आमा ।

मुटु भरि तिम्रो नाँउ सदा जप्न पाईयोस्
बिकृति र विसंगतिमा लाग्ने छैन आमा ।

जिन्दगीमा जत्ति सुकै संकट आएपनि
मुटुबाट  तिम्रो नाम हट्ने छैन आमा।

संसारमा जति सुकै  बिध्नबाधा आँउन्
सदा तिम्रो आशिर्वातले फस्ने छैन आमा ।

परदेशबाटै शिर झुकाई पाउ प्रणाम गर्छु
जननी,मातृ देवो भव: मन्त्र भुल्ने छैन आमा।

  मोहनप्रसाद खतिवडा (हाल जापान)

ताजा भिडियो

जाँदा जाँदै गोकर्ण विष्टको भावुक सन्देश

प्रधानमन्त्रले गराए नवनयुक्त राज्यमन्त्रीहरुलाई शपथ ग्रहण |

नेकपाको अधिनायकवादी आकांक्षा पुरा हुँदैन : प्रवक्ता शर्मा

प्रधानमन्त्रीको नवनियुक्त प्रेस सल्लाहकार के भन्छन् ? | Surya Thapa | Press Meet