आज घट्यो सुन-चाँदीको भाउ, तोलाको कति ?

१६ श्रावण २०७६
banner

काठमाडौं । आज (बिहीबार) सुनको भाउ ह्वात्तै घटेको छ। सोमबार र बुधबार क्रमश २-२ सय रुपैयाँले बढेको सुनको भाउ आज भने ४ सय रुपैयाँले घटेको हो।

आज बजारमा छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँ र तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावल सुन ६५ हजार ४ सय र तेजावी सुन ६५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। 

आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ७८० रुपैयाँमा कारोबार भएको थियो। 

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।  

ताजा भिडियो

विवादास्पद स्वास्थ्य सामग्री खरिदको विषय वेमौसमी बाजा हो : प्रधानमन्त्री

संकटलाई अवसरमा रुपान्तरण गर्दै यातायातमन्त्री |

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |