काठमाडौंको टेकुमा सामुदायिक विद्यालय भवनको संरचना जलाइयो

४ श्रावण २०७६
banner

काठमाडौं। राजधानीको टेकुस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको नयाँ बनिरहेको भवनको संरचना जलाइएको छ। गुठीको जग्गा लुट्न बन्द गर्न माग गर्दै राष्ट्रिय पहिचान संरक्षण समिति तथा स्थानीयबासीले संरचना भत्काउनुका साथै जलाएका हुन्।

पछि प्रहरीले आएर संरचनामा लगाइएको आगो निभाएका थिए।

उक्त निर्माणाधीन संरचना रहेको जग्गा पचली भैरब आजु गुठीको स्वामित्वमा रहेको छ। गुठियारहरूले विद्यालयसँग भवन निर्माण गर्न पर्याप्त जग्गा हुँदाहुँदै गुठीको सम्बन्धित गुठियारहरुलाई थाहै नदिई अनाधिकृत रुपमा भवन निर्माण गर्न लागेको आरोप लगाएका छन्।

 

 

भवन निर्माणमा स्थानीय तथा संघीय सरकारको मिलेमतो रहेको आरोप लगाउँदै संरक्षण समितिका संयोजक गणपतिलाल श्रेष्ठले भने- 'सो स्थानमा पहिला ऐतिहासिक पोखरी थियो, त्यो पोखरी कायम हुनुपर्छ, शिक्षाको नाममा यसरी अनाधिकृत रुपमा ऐतिहासिक सम्पदा मास्न पाइदैन।' उनले लालपूर्जा तथा नक्सा नै पास नगरी नियम विपरीत भवन निर्माण गरिनु दुःखदायी कुरा रहेको बताए।

के भन्छन् विद्यालयका प्रध्यानाध्यापक ?
पोखरी भनिएको स्थान अहिले दुई भागमा बाँडिएको छ। एक भाग विद्यालयको कम्पाउन्ड भित्र रहेको छ भने अर्को भागमा गिट्टी बालुवाको डिपो रहेको विद्यालयका प्रध्यानाध्यपाक दयाचन्द्र श्रेष्ठ बताउँछन्।

उनका अनुसार संरचना जलाइएको स्थानमा यसअघि नै विद्यालयले दुई वटा कोठा निर्माण गरी कक्षा संचालन गर्दै आएको थियो।

 

 

तर, वि.स. २०७२ सालको भूकम्पका कारण ती कोठामा क्षति पुगेको थियो । पछि राष्ट्रिय पुनः निर्माण प्राधिकरणसँग सम्पर्क गरी आवश्यक डकुमेन्ट तयार पारी चार कोठाको भवन निर्माण गर्न लागिएको बताए।

उनले त्यतिबेलासम्म समयसम्म आफूलाई उक्त जग्गा गुठीको स्वामित्वमा रहेको थाहा नभएको बताए। पछि उनले निर्माण कार्यलाई रोकेर गुठियारहरुसँग छलफल गरी वार्षिक रुपमा भाडा तिर्ने गरी सम्झौता गर्ने भने पनि गुठीबाट कुनै प्रतिक्रिया नआएको र आज अचानक आगजनी गरिएको बताएका छन्।

ताजा भिडियो

Kalanki-Nagdhunga Road l ट्रेलर । Trailer l

विद्यार्थिहरुको आकर्षणको केन्द्र बन्दै समृद्धि कलेज |Samriddhi College |

प्रधानमन्त्री ओलीको भाषण चल्दै गर्दा टुडिखेलको गेट बाहिर हामीले जे देख्यौं..। National Day l Nepal l

बाेलेकै बुझिएन...देउवालाई राष्ट्रपति भण्डारीकाे कडा व्यंग्य | Sher Bahadur Deuba |