‘हजार जुनीसम्म’को पोष्टर सार्वजनिक, चलचित्र पुरानै मितिमा आउने

८ श्रावण २०७६
banner

काठमाडौं । चलचित्र ‘हजार जुनीसम्म’को पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको पोष्टरमा अधिकांश कलाकारलाई स्थान दिइएको छ । 

आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेष प्रधान, सलोन बस्नेत, संचिता लुइँटेल, शिवहरी पौडेल, अनुभव रेग्मी लगायत पोष्टरमा छन् ।

गेष्ट रोलमा रहेका प्रियंका कार्की र दीपाश्री निरौलालाई भने पोष्टरमा समेटिएको छैन् । चलचित्रलाई विकासराज आचार्य निर्देशन गरेका हुन् । चलचित्रमा विकासराज र सामिप्यराज तिमिल्सिनाको लेखन छ । 

पोष्टर सार्वजनिक गर्दै यो चलचित्रको प्रदर्शन पुरानै मितिमा सारिएको छ । यसअघि चलचित्रले साउन ३० लाई प्रदर्शन मिति तोकको थियो । 

दक्षिण भारतिय चलचित्र ‘साहो’ले प्रदर्शन मितिसाउन ३० तोक्दा ‘हजार जुनीसम्म’ भदौं ६ गतेको लागि सरेको थियो । अहिले प्राविधिक कारण देखाउँदै ‘साहो’ भदौं १३ गते प्रदर्शनमा आउने भएको छ । योसंगै ‘हजार जुनीसम्म’ आफ्नो पुरानै मिति (साउन ३०)मा प्रदर्शनमा आउने निर्देशक विकासराज आचार्यले जनाए ।

भदौं १३ मा नेपाली चलचित्र ‘कबड्डी, कबड्डी, कबड्डी’ र ‘मारुनी’प्रदर्शनमा आउँदैछन ।

ताजा भिडियो

विवादास्पद स्वास्थ्य सामग्री खरिदको विषय वेमौसमी बाजा हो : प्रधानमन्त्री

संकटलाई अवसरमा रुपान्तरण गर्दै यातायातमन्त्री |

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |