हिराले ल्याईन आफ्नै कथामा उपन्यास ‘हिरा रत्न’  

१६ जेठ २०७६
banner

काठमाडौं । हिरादेबी तन्डुकार पेशाले लेखक हैनन् । तर उनीहरु प्रेमका असिम अनुभवहरु छन् । उनले जहिले रत्नबहादुर तन्डुकारलाई भेटिन् । त्यहिलेदेखि उनीहरुको प्रेम सम्बन्ध जोडियो । उनीहरुले संसारलाई विर्सेर एकले अर्कालाई अपार मायाँ गर्थे  ।

जो पहिले मरेपनि बाँचेकाले आफ्नो देहत्याग गर्ने कसम खान्थे । उनीहरु एक अर्का बिना बाँच्नै सक्दैन थिए । त्यसैले आफुहरुलाई चिनाउने क्रममा उनीहरुले हिरारत्न भन्थे । 

समयको खेल आधा दशक अघि रत्नबहादुर बिते । तर समाजले हिरालाई सति जान दिएन । अन्तत आफुले अथाह मायाँ गरेको श्रीमानलाई दिनदिनै सम्झेर हिराले समय बिताईन् । आफुहरुको असिम प्रेमलाई उनले पुस्तकमा उनीन र त्यो जवनपरक उपन्यासको नाम दिईन,‘हिरा रत्न’ 

हिरारत्न चलचित्र मन्दिरकी निर्देशक हिरादेबी तन्डुकारले नयाँ उपन्यास ‘हीरा–रत्न’ सृजनाको कथा हो यो । यो उपन्यास उनले पाठकमाझ ल्याएकी छिन् ।

पूर्व अर्थमन्त्री एवम् गीतकार शँकरप्रसाद (एसपी) कोईराला, घोष्ट राईटिङका अध्यक्ष कमल ढकाल र लेखक हिरादेबी आफैंले काठमाडौंमा एक समारोहबीच बुधबार यो उपन्यास बिमोचन गरे । 

कार्यक्रममा बोल्दै उपन्यासकार हिरादेवीले भनिन्,‘हामी एक अर्कालाई असिम मायाँ गथ्र्यौ र पहिला म बिते भने उहाँ पनि आत्महत्य गर्छु भन्नु हुन्थ्यो । तर दैवको खेल, उहाँ पहिला बित्नु भयो र मैले उहाँको चाहना पुरा गर्दै गएकी छु ।’ उनले अगाडि थपिन्,‘हामी दुईको प्रेम पनि उदाहरणीय भएको र हाम्रो प्रेमले अरुले पनि केही सिकुन भनेर हाम्रो प्रेम कथालाई उपन्यासको रुपमा ल्याएकी हुँ ।’ 

घोष्ट राईटिङ नेपालका अध्यक्ष कमल ढकालले हिरा र रत्नको प्रेम कथा मुनामदन भन्दा कम नभएको जिकिर गरे । आफुहरुको प्रेमकथालाई बास्तविक रुपमा उतारेर हिराले यो जीवनपरक उपत्यास ल्याएको पनि ढकालले बताए । आफुहरुले व्यक्तित्व प्रकाश गर्दै आएकोमा हिरा र रत्नको प्रेम कथा र जीवन संघर्ष पनि त्यतिकै रोचक भएकाले यो पुस्तक प्रकाशन गरिएको बताए । 

कार्यक्रममा पूर्व अर्थमन्त्री एसपी कोईरालाले रत्नबहादुर तन्डुकार अत्यन्त परिश्रमिक व्यक्ति भएका स्मरण गरे । आधा दशकअघि दिवँगत भएका तन्डुकारलाई यो पुस्तकले युगौंसम्म जिवित राख्ने विश्वास उनले व्यक्त गरे । सिनेमा हल खोजेर चलचित्रको विकाशमा योगदान पु¥याएका रत्नबहादुरले नेपालीको जलबिधुत परियोजनामा पनि लगानी गरेर जलबिधुतको बिकाशमा योगदान दिएको पनि कोईरालाले प्रकाश पारे ।

हिरा रत्न हलको उद्घाटन समारोहमा आफुले चिनेको रत्नबहादुर तन्डुकार अत्यन्त सरल व्यक्तित्व धनि भएको पत्रकार डब्बु क्षेत्रीले बताए । यो उपन्यासलाई पत्रकार क्षत्रीले अर्को मुना मदनको उपमा दिए । 

३५० रुपैयाँ मूल्या राखिएको यो उपन्यास १७८ पृष्ठको रहेको छ । यसलाई घोष्ट राईटिङ नेपालले प्रकाशन गरेको हो । 

ताजा भिडियो

निर्वाचन आयोगसँग किन रिसायो कांग्रेस !!! | Nepali Congress | Press Meet

भारतले नेपाली भूमी मिचेकै हो : प्रचण्ड | Puspa Kamal Dahal | Kalapani |

शिक्षा मन्त्रीको चेतावनी : सरकारको निर्णय नमान्ने मेडिकल कलेजलाई कारवाही गर्ने ||

चक्रपथ विस्तार : जोखिमपूर्ण रुख कटान