भाडामा कोठा नपाएपछि महानगरपालिकामा उजुरी 

१५ श्रावण २०७६
banner

काठमाडौं। भाडामा कोठा उपलब्ध गराई दिन माग गर्दै काठमाडौं महानगरपालिकामा उजुरी परेको छ । काठमाडौं महानगरपालिकाको न्यायिक समितिले बुधबार पत्रकार सम्मेलन गरी भाडामा कोठा उपलब्ध गराई दिन माग गर्दै उजुरी परेको तथ्यांक सार्वजनिक गरेको हो । 

त्यसैगरी घर भाडा भाग लगाई पाउ भनि एक वटा उजुरी परेको पनि काठमाडौं महानगरपालिकाकी कानुन अधिकृत हरिमाया घिमिरेले जानकारी दिइन् ।

काठमाडौं महानगरपालिकाको न्यायिक समितिले मेयर विद्यासुन्दर शाक्यलाई बुझाएको गत आर्थिक वर्षको कार्य प्रगति विवरणमा जम्मा १९८ उजुरी दर्ता भएकोमा ६१ वटा फछर्यौंट भएको र ९० वटा विचाराधिन अवस्था रहेको पनि उल्लेख गरिएको छ । ती उजुरी मध्ये सबैभन्दा बढि ५४ वटा उजुरी घर कोठा खाली गराई पाउन माग गर्दै परेको पनि महानगरपालिकाकी कानुन अधिकृत घिमिरेले बताए । 

न्यायिक समितिले सम्बन्ध विच्छेदका लागि सिफारिस गरि दिन पनि ३४ वटा उजुरी परेको पनि जनाएको छ । त्यसमध्ये २० वटा फछर्यौंट गरिएको पनि काठमाडौं महानगरपालिकाकी कानुन अधिकृत घिमिरेले जानकारी दिए। 
 
उनका अनुसार सार्वजनिक बाटोमा निर्माण गरिएको घर, टहरा हटाउन पनि उजुरी दिइएको छ । न्यायिक समितिले सार्वजनिक बाटो खुलाई पाउन पनि ४ वटा उजुरी परेको जनाएको छ । उपमेयर हरिप्रभा खड्गी संयोजक रहेको न्यायिक समितिले परेका उजुरीमाथि छानविन गरी पीडितलाई न्याय दिने कामलाई तीव्रता दिइएको दावी पनि गरेको छ । 

ताजा भिडियो

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |

डाक्टर भन्छन्ः यसरी बढाउनुहोस् रोगसँग लड्ने क्षमता | Dr. Thakur Prasad Duwadi |

फ्रान्सबाट काठमाडौं आएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि