खुला मञ्चमा टहरा बनाउने ठेकेदार भेटवालविरुद्ध विदेशी मुद्रा अपचलमा मुद्दा दायर 

१५ श्रावण २०७६
banner

काठमाडौं। राजधानी को खुला मञ्चमा अवैध टहरा बनाएर बेचेपछि चर्चामा आएका ठेकेदार मनोज भेटवालविरुद्ध बुधबार राजश्व अनुसन्धान विभागले  जिल्ला अदालत काठमाडौंमा विदेशी मुद्रा अपचलनको मुद्दा दायर गरेको छ ।

विभागले  भेटवाल, निशा गुरुङ, राजकुमार बिष्ट र शिव बिष्ट विरुद्ध ४ करोड ६० लाख ४२ हजार ८५० रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध ३ वर्ष कैद र बरामद दशी समेत जफा गर्नुपर्ने माग गरिएको छ ।

भेटवालले खुलामञ्चमा अवैधानिक रुपमा टहरा बनाएर विक्री गरेका थिए। व्यापाक विरोध भएपछि महानगरपालिकाले ती टहरा भत्काएको थियो। पुरानो बस पार्कमा बनाउन थालिएको काठमाडौं टावर निर्माण गर्ने भेटवालको कम्पनी जलेश्वर स्वच्छन्द बिकोइको कारोबारबारे अनुसन्धान गर्दा ४ करोड ६० लाख भन्दा बढी रकम रकम हुण्डी गरी अवैध रुपमा नेपाल भित्र्याएको खुलेको विभागले जनाएको छ ।

विभागका अनुसार सो कम्पनीले सो रककम सिंगापुरमा विभिन्न व्यक्तिसँग लगानीका नाममा उठाएर टावरका लागि भित्र्याएको जनाएको छ ।

अभियुक्त राजकुमार बिष्ट निशा गुरुङको कर्मचारी भएको र उनीहरुको कम्पनीले आन्तरिक राजश्व कार्यालयमा शून्य कारोबारको हिसाव देखाएपनि विभिन्न समयमा कम्पनीमार्फत नै कारोबार गरेको भेटिएको विभागले जनाएको  छ । 

ताजा भिडियो

विवादास्पद स्वास्थ्य सामग्री खरिदको विषय वेमौसमी बाजा हो : प्रधानमन्त्री

संकटलाई अवसरमा रुपान्तरण गर्दै यातायातमन्त्री |

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |