लोक गायक मोतीराज खनाल र राधा आचार्यको तीजको कोशेली ‘सधैं तमासा’ सार्वजनिक

१३ श्रावण २०७६
banner

काठमाडौं । लोक गायक मोतीराज खनाल र राधा आचार्य अधिकारीको ‘सधैं तमासा’ नामक तीजको गीति एल्बम बिमोचन गरिएको छ।

अर्घाखाँची सरोकार समाजले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको कार्यक्रममा पूर्व–उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उक्त गीति एल्बम बिमोचन गरेका हुन्।

मोतीराज खनालको शब्द तथा गीता पराजुलीको संगीत रहेको उक्त गीतको म्युजिक भिडियो सापकोटा प्रोडक्सनले बजारमा ल्याएको हो। चर्चित कलाकार कमल गाउँले, रञ्जु अधिकारी र मोडलमा कृष्ण सापकोटा, भीमा लामाको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन्।

गुरु आमा तथा स्मृति तिमिल्सिनाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले क्यामेरामा कैद गरेका छन् र कमल सौरागले एरेन्ज गरेका हुन्। नजिकिँदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीजको विशेष अवसर पारेर बजारमा सार्वजनिक उक्त गीतले नेपाली समाजमा रहेका बेथितिहरुको बारेमा उजागर गरेको छ।

कार्यक्रममा उक्त गीति एल्बम बजारमा ल्याउन योगदान पुर्याउने कलाकार तथा स्रष्टाहरुलाई अर्घाखाची सरोकार समाजले ‘गायक मोतीराज खनाल तथा गायिका राधा अधिकारीलाई प्रमाणपत्र’ प्रदान गरेको छ।

(भिडियाे)

ताजा भिडियो

विवादास्पद स्वास्थ्य सामग्री खरिदको विषय वेमौसमी बाजा हो : प्रधानमन्त्री

संकटलाई अवसरमा रुपान्तरण गर्दै यातायातमन्त्री |

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |