१४ तस्विरमा हेर्नुहोस् कुवेतमाथि नेपालको शानदार जित

११ श्रावण २०७६
banner

तस्विरः रमन शिवाकोटी

काठमाडौं। सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतमाथि सहज जित हात पारेको छ। ईण्डियन एसोसियसन क्रिकेट मैदानमा भएको खेलमा नेपालले ७ विकेट हराएको हो। कुवेतले दिएको १४२ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ उत्रेको नेपालले १५.५ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।

कुवेतविरुद्धको जितमा कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरे। उनले ६८ रनको अर्धसतकीय पारी खेले। पारसले ४२ बल खेलेर ११ चौका र १ छक्का प्रहार गरे। यस्तै शरद भेषवाकरले ३० बलमा ३८ रन बनाएर नटआउट रहे भने ज्ञानेन्द्र मल्ले १९ रन बनाए। कुवेतका लागि कप्तान मुहम्मद काहिफले ३ विकेट लिए।

 

 

यसअघि टस हारेर कुवेतले पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो। कवेतका लागि कप्तान मुहम्मद काशिफले सर्वाधिक ४९ रन बनाएका थिए। उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै नटआउट रहे।  यस्तै अदनान इदरिसले २५ तथा मोहम्मद अस्लामले २३ रन बनाएर आउट भए।

नेपालका लागि सन्दिप लामिछाने र बसन्त रेग्मीले ३–३ विकेट लिए। यस्तै करन केसीले २ तथा अविनाश बोहोराले १ विकेट लिए। जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो भएको छ। आइतबार हुने सिंगापुरसँगको खेलमा जित निकाल्न सके नेपाल विजेता हुदै ग्लोबल छनोटमा पुग्नेछ। सिंगापुर ५ अंक सहित तालिकाको शिर्ष स्थानमा रहेको छ भने नेपाल ४ अंक सहित दोस्रो स्थानमा रहेको छ।

ताजा भिडियो

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |

डाक्टर भन्छन्ः यसरी बढाउनुहोस् रोगसँग लड्ने क्षमता | Dr. Thakur Prasad Duwadi |

फ्रान्सबाट काठमाडौं आएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि