सावधान ! विदेशका अपरिचित नम्बरबाट आएका फोन नउठाउनुस्

९ श्रावण २०७६
banner

सांकेतिक तस्बिर

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशका अपरिचित नम्बरबाट आउका फोनहरु नउठाउन र कल ब्याग नगर्न आग्रह गरेको छ। 

प्राधिकरणले एक सूचना जारी गर्दै केही दिनदेखि नेपाली मोबाइल तथा टेलिफोन नम्बरहरुमा बारम्बार अपरिचित नम्बरहरुबाट कल, मिसकल आउने गरेकोमा ग्राहकहरुलाई सतर्क रहन आग्रह गर्दै दूरसञ्चार सेवा प्रदायकहरुलाई रोकथामका लागि निर्देशन समेत दिएको छ। 

प्रधिकरणले यस्ता नम्बरहरुबाट मिसकल आएको देखिएमा नेपाल दूरसञ्चार प्राधिकरणको  ntra@nta.gov.np वा info@nta.gov.np मार्फत जानकारी गराउन समेत अनुरोध गरेको छ। 

यस्तो छ नेपाल दूरसञ्चार प्राधिकरणको सूचना 

नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी, काठमाण्डौ
जरुरी सूचना !

बिदेशका अपरिचित नम्बरहरुबाट नेपालको मोबाइल/टेलिफोन नम्बरहरुमा बारम्बार Missed Call आउने गरेको देखिएको। यसबाट सेवाग्राहीहरुलाई पुग्न गएको असुविधा प्रति प्राधिकरणको ध्यानाकर्षण भएको छ| Wangiri Scam (One Ring Scam) भनिने यस्तो Missed Call विगतमा पनि देखिने गरेकोमा प्राधिकरणले ग्राहकहरुको जानकारीको लागि सूचना प्रकाशन गर्ने गरेको र दूरसंचार सेवा प्रदायकहरुलाई यसको रोकथामको लागि आवश्यक व्यवस्था गर्न निर्देशन समेत दिएको छ| अपरिचित विदेशका नम्बरहरुबाट नेपालका नम्बरहरुमा Missed call आउने यस्ता समस्या पुनरावृत्ति भएको सन्दर्भमा त्यस्ता अपरिचित नम्बरहरुबाट आउने कलहरु नउठाउन तथा कलब्याक (Call Back) नगर्न र त्यस्ता नम्बरहरुबाट फोन कल आएको खण्डमा प्राधिकरणको ईमेल ठेगाना ntra@nta.gov.np वा info@nta.gov.np मार्फत जानकारी गराउन हुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिएको छ|

प्रकाशित मिति: २०७६/०४/०८
अनुगमन विभाग
नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी, काठमाण्डौ, नेपाल |

फोन नं. ९७७-१-४२५५४७४, फ्याक्स नं.९७७-१-४२५५२५०
ई-मेल: ntra@nta.gov.np, info@nta.gov.np
गृहपृष्ठ: www.nta.gov.np

 

 

 

ताजा भिडियो

गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि प्रतिपक्षी सांसदले गरे संसद बैठक नै अबरुद्ध ।

बाँके घटनाका विषयमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ । Samsad Baithak |

फितलो ब्यवस्थापनले सन्नीलाई हलसम्म पुग्न सकस । Sunny Leone | Nepali Movie Passport |

ब्रिटिस मान्यताको डिग्री नेपालकै कलेजबाट (कलेज परिचयसहित) | ISMT College|