दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि 

१५ श्रावण २०७६
banner

नयाँ दिल्ली । भारतको दिल्लीमा हत्या गरिएको अवस्थामा फेला परेकी एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोष्टमार्टम प्रतिवेदनले उनको बलात्कार भएको पुष्टि गरेको हो। 

भारतको राजधानी नयाँ दिल्लीस्थित शकरपुर लक्ष्मीनगरमा  ९ वर्षीया नेपाली बालिकाको शव फेला परेको थियो । अहिले बालिकाको पहिचान भने खुलाईएको छैन । 

नेपालको बाजुरा स्थायी घर भएकी ती बालिकाको गत जुलाई १९ तारिख शुक्रबारका दिन हत्या भएको थियो। बालिकाको हत्या गरेको आरोपमा सोनु नाम गरेका भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ परेका आरोपित सोनुले आफुँले बालिकाको हत्या गरेको स्वीकार गरिसकेका छन् । आरोपित सोनु बालिकाका बाबु–आमाले काम गर्ने होस्टेलमा सँगै काम गर्ने कर्मचारी हुन्।

मृत बालिकाको पोस्टमार्टमपछि गएको आइतबार निगम बोध घाटमा दाहसंस्कार गरिसकिएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले यो विषयमा भारतीय अधिकारीसँग समन्वय गरिरहेको जनाइएको छ ।

दिल्ली प्रहरीले पनि अनुसन्धान जारी रहेको जनाएको छ । पोष्टमार्टम प्रतिवेदनले बलात्कार भएको पुष्टि गरेकाले अब प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गर्ने जनाएको छ।

ताजा भिडियो

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |

डाक्टर भन्छन्ः यसरी बढाउनुहोस् रोगसँग लड्ने क्षमता | Dr. Thakur Prasad Duwadi |

फ्रान्सबाट काठमाडौं आएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि