मानविकी पढेर चिकित्साको 'अफर लेटर'

१० श्रावण २०७६
banner

काठमाडौं। मानविकी विषय लिएर कक्षा १२ पूरा गरेकाहरू विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर पुग्ने गरेका छन्।

विदेशी विश्वविद्यालयले अर्थोपार्जनका लागि जथाभावी रूपमा ‘अफर लेटर’ पठाइदिने गरेका छन्। मानविकी विषय लिएकालाई चिकित्साशास्त्रको मात्र होइन, जीवविज्ञान पढेकालाई भौतिकशास्त्र अध्ययनका लागि पनि ‘अफर लेटर’ पठाइदिने गरेको पनि पाइएको छ।

एउटा विषय लिएर विद्यालय तह पूरा गरेकाहरू उच्च शिक्षा अर्को विषय अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा ‘नो अब्जेक्सन लेटर’ लिन जाने प्रशस्तै भेटिन्छन्। यस्तो कार्यमा विद्यार्थीलाई उक्साउने काम यहाँका शैक्षिक परामर्शदाताहरूले गर्दै आएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले भने, विद्यार्थीले कुन विषय अध्ययन गर्न सक्छन्, कुन गर्न सक्दैनन् भन्ने विदेशी विश्वविद्यालयले हेक्का राख्दैनन्। उनका अनुसार विदेशी विश्वविद्यालयलाई विद्यार्थी चाहिएको हुन्छ, त्यसैले जसलाई पनि जुनसुकै विषय अध्ययन गर्न पाउने गरी ‘अफर लेटर’ पठाइदिने गर्छन्।

‘नो अब्जेक्सन लेटर’ लिन पुगेका त्यस्ता विद्यार्थीलाई शाखाका कर्मचारीहरूले ‘नो’ भनेर फर्काइदिने गरेका छन्। विद्यार्थीलाई जसरी भए पनि विदेश जानु छ र उता गइसकेपछि अध्ययनभन्दा पनि रोजगारी उनीहरूका लागि मुख्य ध्यान हुने हुँदा ‘नो अब्जेक्सन लेटर’ लिनु परेको हो।
कतिपय अध्ययन पूरा गरेपछि स्वदेश फर्किन चाहना राख्नेहरू पनि हुन्छन्। तर त्यस्तो शैक्षिक प्रमाणपत्रलाई नेपाल सरकारले समकक्षता प्रदान गर्दैन भन्ने हेक्का राख्दैनन्।

यसले गर्दा उनीहरूले मेहनत गरेर आर्जन गरेको प्रमाणपत्रले मान्यता प्राप्त गर्न नसकी खालि खोस्टोका रूपमा मात्र रहन्छ। नेपाल सरकारले उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्न विद्यालय तहमा कम्तीमा ‘सी’ ग्रेड ल्याउनुपर्ने नियम बनाए पनि विदेशी विश्वविद्यालयले ‘डी’ वा ‘ई’ ग्रेड ल्याएकालाई समेत आफूकहाँ अध्ययन खुला गर्न ‘अफर लेटर’ पठाइदिने गरेका छन्। “यस्ता विद्यार्थी अध्ययनपछि नेपालमा आएमा उनीहरूको प्रमाणपत्रले समकक्षता प्राप्त गर्न सक्दैन । यसले गर्दा समस्या हुने देखिन्छ”, शाखाका उपसचिव शर्माले भने। आजको गोरखापत्रबाट

ताजा भिडियो

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |

डाक्टर भन्छन्ः यसरी बढाउनुहोस् रोगसँग लड्ने क्षमता | Dr. Thakur Prasad Duwadi |

फ्रान्सबाट काठमाडौं आएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि