प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्न मास्क लगाइयो भनेपछि सामाजिक सञ्जालमा आलोचना

२० अषाढ २०७६
banner

काठमाडौं। राजधानी काठमाडौंको वायु प्रदुषण हानिकार रहेको विभिन्न अध्ययनहरुले देखाइरहेका छन् । यहाँ मास्क नलगाई हिँड्न सक्ने अवस्था नभएको भन्दै संसदीय समितिमा एक सांसदले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो स्कुटिको पछाडि बसेर हेर्न चुनौति नै दिइन् । 

केही दिनअघि राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफु प्रधानमन्त्री बनेपछि काठमाडौंमा मास्क लगाउनु नपर्ने गरी सुधार भएको भन्दै कसैले मास्क नलागएको भुटो दावी गरे । त्यसैको प्रतिउत्तर थियो सांसदको चुनौति । 

तर, प्रधानमन्त्री ओलीले बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गर्ने केही नेताहरुलाई स्वागत गर्दै उल्टै चुनौति दिने सांसदलाई चुनौति दिए । उनले भने ‘सरकारको विरोध गर्नेहरुले मास्क लगाएका छन्, मेरो रिसले मास्क लगाए हुन्छ, राम्रै हुन्छ तर सुधार गर्ने हाम्रो काम रोकिँदैन ।’ 

प्रधानमन्त्री ओलीले पार्टी कार्यालय धुम्ब्राहीमा आफ्ना नेता तथा कार्यकर्ता सामु फेरि झुटो बोलेपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीमाथि व्यंग्य गरिएका पोस्टहरुले बिहीबार दिनभरी रंगिए । सामाजिक सञ्जालका भित्ताहरुमा प्रधानमन्त्रीलाई व्यंग्य गर्नेहरुले आफ्नैशैलीमा चिन्ता प्रकट गरेका छन् – मास्क लगाउँ सरकार विरोधी भइँने, नलगाउँ फोक्सो खराब हुने । 

पूर्व अर्थ सचिब रामेश्वर खनालले कडा टिप्पणी गरेका छन्, सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘जल प्रदूषण, वायु प्रदूषण, ध्वनि प्रदूषण त लामो समयदेखि भोग्दै आइयो। यी भन्दा खतरनाक त बिचार प्रदूषण हुदों रहेछ। बच्नका लागि उमालेर नहुने, मास्क पनि नहुने।’ 
प्रधानमन्त्रीको मास्क सम्बन्धि पछिल्लो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा खिल्ली उडाउनेहरु पत्रकार, नागरिक अगुवालगायत विभिन्न पेसामा आवद्धहरु छन् । केही पोस्टहरु यस्ता छन् । 

ताजा भिडियो

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |

डाक्टर भन्छन्ः यसरी बढाउनुहोस् रोगसँग लड्ने क्षमता | Dr. Thakur Prasad Duwadi |

फ्रान्सबाट काठमाडौं आएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि