चम्पादेवी पुगेर प्रचण्डले पुष्पलाल श्रेष्ठलाई यसरी सम्झिए (फोटोफिचर)

७ श्रावण २०७६
banner

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

सोही अवसरमा कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलालको शालिकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य नेताहरुले माल्यार्पण गरे।

 

 

नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

पुष्पलालले विसं २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए।

 

 

नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइ लडे। विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर सङ्गठन विस्तारमा लागे। उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरे।

पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुन्। पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता हुन्।

ताजा भिडियो

भारतले नेपाली भूमी मिचेकै हो : प्रचण्ड | Puspa Kamal Dahal | Kalapani |

शिक्षा मन्त्रीको चेतावनी : सरकारको निर्णय नमान्ने मेडिकल कलेजलाई कारवाही गर्ने ||

चक्रपथ विस्तार : जोखिमपूर्ण रुख कटान

पशुपतीनाथमा हरिबोधनी एकादशीको रौनक