आरक्षण माग गर्दै मन्त्रिहरुको पुत्ला दहन (फोटोफिचर)

३ श्रावण २०७६
banner

काठमाडौं । लोकसेवा आयोगले खुलाएको विज्ञापनको विरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीले शुक्रबार राजधानीका विभिन्न ठाउँमा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितलगायत अन्यमन्त्रिहरुको पुत्ला दहन गरेका छन् । 

संविधानको मर्म र भावनाविपरीत लोकसेवा आयोगले विज्ञापन खुलाइएको विरोधमा नेपाल आदिबासी जनजाति संगठनमा आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले काठमाडौंको असनमा शुक्रबार पण्डितको पुत्ला दहन गरेको छ। सरकारको आग्रहमा लोक सेवा आयोगले ९ हजार १६१ पदमा खुलाएको विज्ञापनको विरोधमा उत्रिएका आन्दोलनकारीले यसअघि चर्का नारावाजी गरेका थिए। उनीहरूले लोकसेवामा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपांगता भएकालाई दिनुपर्ने ४५ प्रतिशत आरक्षण सुनिश्चित माग गर्दै आएका छन्। 

लोक सेवा आयोगको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा समेत मुद्दा परेकोमा सर्वोच्चले विज्ञापन रोक्न नपर्ने अन्तरिम आदेश दिएपछि शनिबार परीक्षा लिन लागिएको छ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ। तस्वीरहरु : आर्यन धिमाल

ताजा भिडियो

दशरथ रंगशालाको मुहार फेरिँदै | Dashrath Stadium | New Update

तराई मधेसमा कालापानी र लिपुलेकको बिषयमा भारत बिरुद्ध बिरोध प्रदर्शन !

अचानक हृदयघात भएमा विरामीको ज्यान कसरी जोगाउने ? | Heart Attack | Cure

पत्रकार शिवाकोटीलाई १ लाख राशिको इन्जा साहासी पत्रकारीता पुरस्कार | Ajay Babu Shiwakoti | Honoured