बुधबार : शुभ-अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

८ श्रावण २०७६
banner

आज मिति २०७६ साल साउन ८ गते बुधबार । तदनुसार सन् २०१९ जुलाई २४ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, सप्तमी, तिथि बुधबार। 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
रमाईलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्ने छ । आँटेका कार्य पूरा होलान् । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धार्मिक यात्राको योग छ । अप्रत्यासित रुप्मा फाईदा होला । ज्ञान सीप बढेर जाला । प्रेम सम्बन्ध उत्तम रहला । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सत्रु पराजित हुनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्ने छ । आर्दशवान व्यक्तिसँग सहकार्य होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा बाधा सँगै मनमा चिन्ता बढ्ने छ । दाम्पत्य जिवन भने मध्ययम रहला । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
साँगीतिक चिन्ता बढ्नेछ । प्रेमी प्रेमीका बीचमा माया बढ्ने छ । राजनीतिक सम्मान मिल्ने योग छ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आजको दिन शुभ रहेपनि मानसिक चिन्ता बढ्ला । राजकीय सम्मान मिल्ला । बन्द व्यवासरबाट सफलता मिल्ला । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
परोपकारी काममा रुची बढ्ने छ । बन्धुत्वको सहयोग मिल्नेछ भने धन लाभ र मनमा शान्ति प्राप्त होला ।  

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रेमी प्रेमिकाबीच मनमुटाव होला । ज्ञान गुन र सीप सिक्ने अवसर मिल्ला । मनमा चिन्ता पर्नसक्छ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पूराना कामबाट फाईदा मिल्ने छ । व्यवसायबाट भने निकै फाईदा होला । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मित्रबाट सहयोग होला । विश्वास गरेकाले साथ देलान् । जोश जाँगर र हिम्मत बढेर जानेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मान सम्मानको अवसर मिल्ला । धन लाभ र जिवन जिउने सीपको अवसर प्राप्त होला । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सरकारी निकाएको भय रहला । महत्वपूर्ण सफलता मिल्नेछ । स्त्री जातीबाट सहयोग प्राप्त होला । 

ताजा भिडियो

भारतले नेपाली भूमी मिचेकै हो : प्रचण्ड | Puspa Kamal Dahal | Kalapani |

शिक्षा मन्त्रीको चेतावनी : सरकारको निर्णय नमान्ने मेडिकल कलेजलाई कारवाही गर्ने ||

चक्रपथ विस्तार : जोखिमपूर्ण रुख कटान

पशुपतीनाथमा हरिबोधनी एकादशीको रौनक