आज शुभ-अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहास् आजको राशिफल

७ श्रावण २०७६
banner

आज मिति २०७६ साल साउन ७ गते । तदनुसार सन् २०१९ जुलाई २३ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, षष्ठी, १२ः३० उप्रान्त सप्तमी तिथि मंगलबार ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नविन कार्यसिद्धीको योग रहनेछ । आजको दिन शुभ रहेको छ । आय आर्जन क्षेत्र लाभदायी होला । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यवसाय फस्टाउने छ । नयाँ ज्ञानसीप सिक्ने अवसर मिल्ला । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राजकीय क्षेत्रबाट सफलता मिल्नेछ । धन लाभ हुने योग छ । पति पत्नीबीचको माया प्रगाढ रहला । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
चोट पटकको भय छ दुर्घटनाबाट बँच्नुहोला । सम्यमित भएर अगाडी बढ्नुहोला । मातृपक्षबाट आर्शिवाद र प्रेरणा मिल्ने छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । धन लाभ हुने छ भने राजनीतिक क्षेत्र लाभदायिक रहनसक्छ । नयाँ ज्ञानसीप सिक्ने अवसर मिल्ला। 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
गीत संगीतमा रुची बढ्ने छ । धन हानी हुनसक्छ । प्रेम प्रेमीकाबीचको सम्बन्ध उत्तम रहला । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पुन मिलनको योग रहेको छ । कार्यमा सफलता मिल्ने छ । कामको चाप बढ्ने छ भने  दाम्पत्य जिवनमा खटपट आउला । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
हर्ष उल्लास तथा अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आजको दिन शुभ रहेको छ । प्रेम सम्बन्ध शुभ छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धर्म कर्म लगायतका शुभ कार्यमा सहभागी हुने योग छ । धन लाभ र नयाँ कामको थालनी हुने देखिन्छ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आजको दिन त्यति शुभ छैन । चोटपटक लाग्न सक्छ । मनमा पिरले डेरा जमाउला । अन्तमा भने धन लाभ हुनसक्छ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मिष्ठान्न भोजन प्राप्त भएपनि मनमा पिडा रहला । आमापक्षबाट सहयोग मिल्ने छ । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अनावश्यक खर्च बढ्ने छैन । उपहार प्राप्ती हुन सक्छ । शान्त र एकान्तमा दिन बित्नेछ । आजको दिन शुभ छ । 

ताजा भिडियो

दशरथ रंगशालाको मुहार फेरिँदै | Dashrath Stadium | New Update

तराई मधेसमा कालापानी र लिपुलेकको बिषयमा भारत बिरुद्ध बिरोध प्रदर्शन !

अचानक हृदयघात भएमा विरामीको ज्यान कसरी जोगाउने ? | Heart Attack | Cure

पत्रकार शिवाकोटीलाई १ लाख राशिको इन्जा साहासी पत्रकारीता पुरस्कार | Ajay Babu Shiwakoti | Honoured