आज बिहीबार, कस्तो छ तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल ...

९ श्रावण २०७६
banner

आजको पञ्चाङ्ग 

आज मिति २०७६ साउन ९ गते तदनुसार सन् २०१९ जुलाई २५। शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, अष्टमी तिथि बिहीबार । 

आजको ग्रहफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख सम्मृद्धिमा बृद्धि हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ भौतिक साधनको क्षति हुने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ साथै धनलाभ पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
अवसर आए पनि विचारेर मात्र नया काम सुरु गनु होला कतै टाढाको यात्राको संभावना छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
स्वास्थ्यगत कमजोरीले सताउला मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, चिताएको काम पुरा नहुन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाँउबाट आम्दानी हुने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला साथै मनमा पिडाले पनि सताउने छ । ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ ।

ताजा भिडियो

दशरथ रंगशालाको मुहार फेरिँदै | Dashrath Stadium | New Update

तराई मधेसमा कालापानी र लिपुलेकको बिषयमा भारत बिरुद्ध बिरोध प्रदर्शन !

अचानक हृदयघात भएमा विरामीको ज्यान कसरी जोगाउने ? | Heart Attack | Cure

पत्रकार शिवाकोटीलाई १ लाख राशिको इन्जा साहासी पत्रकारीता पुरस्कार | Ajay Babu Shiwakoti | Honoured