बेन्जेमाको ह्याट्रिकमा रियलको सहज जित

१६ श्रावण २०७६
banner

एजेन्सी । औडी कपको तेस्रो स्थानका लागि भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ। बुधबार भएको खेलमा फेनरवाचीलाई  ५–३ गोल अन्तरले पराजित गर्दै रियल प्रतियोगितामा तेस्रो बनेको हो । 

रियलको जितमा करिम बेन्जेमाले ह्याट्रिक गरे। उनले खेलको १२, २७ र ५३ औं मिनेटमा गोल गर्दै टिमलाई सहज जित दिलाए। खेलको छैटौ मिनेटमा ग्यारी रोड्रिग्वेसको गोलबाट फेजेरवाचीले अग्रता बनाएको थियो । त्यसपछि १२ औ मिनेटमा बेन्जेमाले खेल बराबरीमा ल्याए ।

२७ औं मिनेटमा बेनजेमाले दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । ३४ औ मिनेटमा नबिल दादरले खेल २–२ को स्थितीमा ल्याए । ५३ औ मिनेटमा बेन्जिमाले गोल गर्दै ह्याट्रिक पुरा गरे । ५९ औ मिनेटमा ओजान तुफानले खेल ३–३ को स्थितीमा ल्याएका थिए ।

६२ औ मिनेटमा नाचो फर्नान्डेजले गोल गर्दै रियललाई ४–३ ले अगाडी बढाए । ७९ औ मिनेटमा मारियानो डियाजले गोल गर्दै रियललाई ५–३ को जित दिलाउन सफल रहे ।

ताजा भिडियो

गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि प्रतिपक्षी सांसदले गरे संसद बैठक नै अबरुद्ध ।

बाँके घटनाका विषयमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ । Samsad Baithak |

फितलो ब्यवस्थापनले सन्नीलाई हलसम्म पुग्न सकस । Sunny Leone | Nepali Movie Passport |

ब्रिटिस मान्यताको डिग्री नेपालकै कलेजबाट (कलेज परिचयसहित) | ISMT College|