सवारी दुर्घटनामा २ महिलाको मृत्यु

१३ श्रावण २०७६
banner

काठमाडौं । कपिलवस्तु शिवराज नगरपालिका ७ जवाभारी बस्ने कुडाबुल्ला नाउँको ७ वर्षीया छोरी मिनि नाउँलाई सोही ठाउँस्थित सडकमा युपि ४७ आर ३५६८ नम्बरको मोटरसाइकलले सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकाले उपचारको लागि शिवराज अस्पताल बहादुरगंज लगिएकोमा मिनीको उपचारको क्रममा मृत्यु भएको छ।

उक्त घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै सुर्खेत, वीरेन्द्रनगर नगरपालिका १४ स्थित सडकमा लु ५० प ८५७० नम्बरको मोटरसाइकल सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार दैलेख गुराँस गाउँपालिका ५ घर भएकी २७ वर्षीया मनिषा बंसीको घटनास्थलमै मृत्यु भएको छ।

मोटरसाइकल चालक मृतकका श्रीमान ३० वर्षीय डिल बहादुर वंशीलाई मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ताजा भिडियो

विवादास्पद स्वास्थ्य सामग्री खरिदको विषय वेमौसमी बाजा हो : प्रधानमन्त्री

संकटलाई अवसरमा रुपान्तरण गर्दै यातायातमन्त्री |

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |