केरुङ नाका हुँदै ल्याइएको सुनसहित तामाङ पक्राउ

१५ श्रावण २०७६
banner

काठमाडौं। अवैध काठमाडौंमा सुनसहित एकजना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले रसुवाबाट काठमाडौँ आउँदै गरेको बा ९० प २७३६ नं को एनएक्स मोटरसाइकल जाँच गर्दा एक किलो सुनसहित रसुवा गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो । 

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।  “नक्कली वा सक्कली सुन हो भन्नेबारेमा परीक्षणबाट मात्र थाहा हुन्छ”, उनले भने।  

सुन केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको प्रारम्भिक अनुसन्धानले बताए पनि तामाङसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ताजा भिडियो

दशरथ रंगशालाको मुहार फेरिँदै | Dashrath Stadium | New Update

तराई मधेसमा कालापानी र लिपुलेकको बिषयमा भारत बिरुद्ध बिरोध प्रदर्शन !

अचानक हृदयघात भएमा विरामीको ज्यान कसरी जोगाउने ? | Heart Attack | Cure

पत्रकार शिवाकोटीलाई १ लाख राशिको इन्जा साहासी पत्रकारीता पुरस्कार | Ajay Babu Shiwakoti | Honoured