सुनौं–सुनौं लाग्ने तीज गीत आएकै छैनन् : सुनिता दुलाल

१५ श्रावण २०७६
banner

काठमाडौं । लोकदोहोरी क्षेत्रमा स्थापित गायिका हुन् सुनिता दुलाल । झण्डै दुई दशकदेखि गायनमा सक्रिय सुनिताका दर्जनौं गीत लोकप्रिय छन् । 

सुनिता गीतको संख्याभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ भन्ने धारणा राख्छिन् । त्यसैले उनका गीत भड्किलो लाग्दैन् । सुनितालाई स्रोता, दर्शकले मौलिक तीज गीत ल्याउने गायिकाका रुपमा समेत चिन्छन् । 

यसवर्षको तीज गीत नजिकिँदै जाँदा तीजका गीत सार्वजनिक भईरहेका छन् । सुनिता भने पछिल्ला वर्ष तीजका गीत भड्किलो बन्दै गएको बताउँछिन् । डिसी नेपालसंगको कुराकानीमा सुनिताले भनिन् –‘यसवर्ष पनि सुनौं–सुनौं लाग्ने तीजका गीत आएकै छैनन् । तीज भन्दा पनि रत्यौली र कमेडी टाइपमा गीतमात्र बढी आएका छन् ।’ सुनिता पछिल्ला वर्ष तीज पर्वलाई लिएर केहीले व्यापार गरिरहेको समेत बताउँछिन् । सर्जकहरु टिक्ने भन्दा विक्ने गीतको पछि लाग्दा मौलिक गीतहरु हराउँदै गएको उनको धारणा छ । यसले नेपाली गीत संगीत र तीज संस्कृतिमै असर गर्ने उनि बताउँछिन् । 

सुनिताले हरेक वर्ष मौलिक तीज गीत ल्याउँदै आएकी छन् । उनका ‘फुलबुट्टे सारी’, ‘अब त मैले नि झुम्का लगाउँछु’, ‘तीज भनेकै नाच्न गाउँन हो’, ‘नाचौं सरर’, ‘अलि फरक भाकी छु यसपाली’‘यसपाली नी खाने दर’ लगायतका तीज गीत लोकप्रिय छन् । 

यसवर्ष उनले ‘चुरा टिका लाली’बोलको गीत ल्याउँदैछिन् । जुन गीतको छायाँकन समेत सकिएको छ । केही दिनमा भिडियो सार्वजनिक गर्ने सुनिताको तयारी छ । प्रा.डा. कृष्णहरी बरालको शब्द, महेश खड्काको संगीतमा सुनिताले स्वर दिएकी छन् । त्यस्तै, भिडियोमा सुनिता छमछम नाचेकी छन् । नृत्य गर्दै गरेका केही तस्वीरमा सुनिताको सुन्दरता राम्रैसंग झल्किएको छ ।

शिव विकको निर्देशनमा अर्जुन तिवारीले खिचेको भिडियो सुनिता दुलालको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुनेछ ।

तस्वीरहरु : सुनिताको फेसबुकबाट

ताजा भिडियो

गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि प्रतिपक्षी सांसदले गरे संसद बैठक नै अबरुद्ध ।

बाँके घटनाका विषयमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ । Samsad Baithak |

फितलो ब्यवस्थापनले सन्नीलाई हलसम्म पुग्न सकस । Sunny Leone | Nepali Movie Passport |

ब्रिटिस मान्यताको डिग्री नेपालकै कलेजबाट (कलेज परिचयसहित) | ISMT College|