कन्टेनर त्रिशूलीमा खस्दा एक बेपत्ता

१५ श्रावण २०७६
banner

प्रतिनिधिमुलक तस्बिर

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली नदीमा खसेको छ । इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा बुधबार भएको सो घटनामा परी कन्टेनरका चालक नदीमा बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् । कारमा सवार सबै सकुशल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता हुनेमा वीरगञ्जका ३६ वर्षीय कम्लेश साह रहेका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा २१ च ११३३ नं को कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३९३९ नं को खाली कन्टेनरले ठक्कर दिँदा कन्टेनर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । कन्टेनर सडकबाट करीब ८० मिटर तल त्रिशूलीमा खसेको छ । कन्टेनरको अगाडिको भाग पानीमा डुबेको छ भने अरु पानीबाहिर रहेको प्रहरीले जनाएको छ । 

घटनामा परी गम्भीर घाइते भएका सहचालक वीरगञ्जका २० वर्षीय अजय साहको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बेपत्ता चालक साहको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । कन्टेनरसँग ठक्कँर खाने कार र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस

ताजा भिडियो

स्वास्थ्य सामाग्रीमा भ्रष्टाचारबारे के भन्छन् : डाक्टर महेन्द्र श्रेष्ठ |

प्रचण्डको अपिल : घरमै बसौं, आचारसंहिता पालना गरौं | Prachand |

डाक्टर भन्छन्ः यसरी बढाउनुहोस् रोगसँग लड्ने क्षमता | Dr. Thakur Prasad Duwadi |

फ्रान्सबाट काठमाडौं आएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि