नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण

१६ श्रावण २०७६
banner

काठमाडौं। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन्।

मन्त्री भएलगत्तै आज बिहान तत्कालीन नेकपा (एमाले)को पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर उनले भण्डारीको सालिकमा फूलमाला चढाएर माल्यापर्ण गरेका हुन्।

बल्खुपछि मन्त्री भटृराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पेरिस डाँडास्थित पार्टी कार्यालयमा शहीद तथा बेपत्ता व्यक्तिको स्मरणमा बनाइएको शहीद तथा बेपत्ता योेद्धा स्तम्भमा समेत माल्यापर्ण गर्दै शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरे।  

शहीदको बलिदानबाटै अहिले हामी यो अवस्थामा आइपुग्न सफल भएको बताउँदै उनले नेपाल वायुसेवा निगमको साखलाई उचाइ पु-याउने र निर्माणाधीन पोखरा, बारा तथा लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थललाई निर्धारित समयभन्दा चाँडै नै बनाइनेसमेत बताए।

बुधबार पर्यटनमन्त्रीमा नियुक्त भएपछि मन्त्री भट्टराई लैनचौरस्थित शहीद स्तम्भ पुगेर श्रद्धाञ्जलि अर्पण गरेका थिए।

ताजा भिडियो

Kalanki-Nagdhunga Road l ट्रेलर । Trailer l

विद्यार्थिहरुको आकर्षणको केन्द्र बन्दै समृद्धि कलेज |Samriddhi College |

प्रधानमन्त्री ओलीको भाषण चल्दै गर्दा टुडिखेलको गेट बाहिर हामीले जे देख्यौं..। National Day l Nepal l

बाेलेकै बुझिएन...देउवालाई राष्ट्रपति भण्डारीकाे कडा व्यंग्य | Sher Bahadur Deuba |